काठमाडौं । कोलिन डी ग्राण्डहोम र टोम ब्रुसको शानदार अर्धशतकीय पारीमा न्युजील्याण्डले श्रीलंकालाई हराएको छ । मंगलवार पल्लेकेले स्टेडियममा भएको दोस्रो टी–२० म्याचमा श्रीलंकालाई चार विकेटले हराएको हो ।
यससँगै न्यूजील्याण्डले तीन म्याचको टी–२० सीरीजमा २–० ले सीरीजमा कब्जा जमाएको हो । ग्र्राण्डहोम र ब्रुसले जीतको संकटमा फसेको टीमलाई बाहिर ल्याउन सके । जसका लागि दुवै खेलाडीले १ सय ९ रनको साझेदारी गरेका थिए । एजेन्सी