
काठमाडौं – नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीलाई प्रहरीले सोधपुछको लागि बोलाएको छ ।
चिनियाँ ह्याकरबारे छानबिनमा थप सहयोग हुने भन्दै उनलाई सोधपुछका लागि बोलाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।
शनिवार चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणाली ह्याक गरी एटीएमबाट रकम लुटेका थिए ।
साढे ३ करोड लुटिएको घटनापछि प्रहरीले यसबारे अनुसन्धानलाई तीब्र बनाएको छ ।