
काठमाडौँ । नेपाल भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन भदौ २४ गते मध्याह्न १२ः१५ बजे गरिँदै छ । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्ना देशबाट रिमोटमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिँदै छ । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्वको स्विच अन गर्नुहुने छ । गाेरखापत्रमा खबर छ ।