काठमाडौं– नेपाली बजारमा विहिवार सुनको भाउ घटेको छ ।
विहिवार छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, विहिवार तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार, विहिवार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।