०४ असार २०८३, बिहीबार

नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा

भदौ २४, २०७६
नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा

काठमाडौँ। विश्व अर्थतन्त्रमै बलियो उपस्थिति जनाउँदै आएको चीनका लागि पछिल्लो समय नेपाल पनि लगानीको गतिलो गन्तव्य बन्दैआएको छ ।
उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा रहँदैआएको छ । आर्थिक वर्ष २०४१÷४२ देखिको विवरणमा हालसम्म नेपालमा लगानी भित्र्याउन सक्रिय मुलुकको सूचीमा चीन नै अग्रस्थानमा देखिन्छ । गत असार मसान्तसम्ममा एक हजार ४९० उद्योगमा चिनियाँ लगानी आकर्षित भएको देखिन्छ । यसबाहेक चीन प्रशासित हङकङबाट ४३ र ताइवान बाट २३ उद्योगका निमित्त लगानी प्रतिबद्धता आएको देखिन्छ ।
नेपालमा चिनियाँ लगानीको पक्ष बलियो र आशालाग्दो बन्दैगरेको लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको बुझाइ छ । नेपालमा चिनियाँ लगानीकर्ताको चासो उच्च छ, उनले भने, प्रतिबद्धता रकम र भित्रिएको रकम र हामीकहाँ हुनेगरेका विभिन्न औपचारिक अनौपचारिक संवादमा चिनियाँ लगानीकर्ताको उपस्थिति बलियो छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्