३० असार २०८३, मंगलबार

चिनियाँ विदेशमन्त्री यी र प्रचण्डबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री यी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन् ।

तीन दिनका लागि नेपाल भ्रमणमा आएका यीले मंगलवार बिहान राजधानीमा भेट गरेका हुन् ।

आइतवार नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट गरिसकेका छन् ।

सोमवार नेपाल चीनबीच तीन सम्झौतामा हस्ताक्षर समेत भएको थियो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल र चीनको तर्फबाट यी नेतृत्वको प्रतिनिधिमण्डलबीच वृहत छलफल भएको थियो । यी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्