काठमाडौं - नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले उत्तर कोरियाको ७१ औं स्थापना दिवसमा नेता किम जोङ उनलाई बधाई दिएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले सेप्टेम्बर ९ मा उत्तर कोरियाको स्थापना दिवस रहेको भन्दै बधाई दिएका हुन् ।
'नेपालको एक मित्र देश उत्तर कोरियाको ७१ औं स्थापना दिवसको अवसरमा उत्तर कोरियालाई बधाई दिन चाहन्छु, उनले भने, '१९५० मा साम्राज्यवादीहरूसँग युद्धमा विजय प्राप्त गरेर उत्तर कोरियाले आफ्नो स्वतन्त्र अस्तित्वको रक्षा गरेको छ ।'
२०१६ मा हाइड्रोजन बमको सफल परीक्षण गरेर स-साना देशलाई उत्प्रेरणा दिएको सुवालको भनाइ थियो ।