
बिराटनगर, १८ चैत - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरी पनि डिआइजी जयबहादुर चन्दलाईनै आइजपी बनाउने ‘मुड’ रहेको उनका निकटतमहरूले बताएका छन् ।
सरकारले चन्दलाई आइजीपी नियुक्त गरेपछि सर्वोच्च अदालतले सो नियुक्तिलाई बदर गरिदिएको थियो । सर्वोच्चले डिआइजी नवराज सिलवाललाई आइजीपी बनाउनू भन्ने मनसाय सहितको आदेश जारि गरेको थियो ।
तर अदालतले आदेश दिएको लामो समय वितिसक्दा पनि सरकारले आइजीपी नियुक्त गरेको छैन । निर्वाचनको मुखमा शुरक्षा निकाय प्रमुख बिहीन हुनुलाई पनि निकै गम्भीरताका साथ हेरिएको छ ।
निकटतमहरूले भनेजस्तै देउवाले आज विराटनगरमा भएको पत्रकार सम्मेलनमा पनि त्यस्तै मुड प्रस्तुत गरेका छन् ।
फेरी पनि चन्दलाईनै आइजीपी बनाउने हो भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘हेर्दै जाउँ आइजीपी को हुन्छ ।’ उनको यस्तो जवाफले तत्कालले आइजीपी नियुक्ती हुने कुरालाई टार्ने संकेत गरेको छ ।