
काठमाडौं – राष्ट्रपति आउने कार्यक्रमका लागि प्रदर्शनको तयारीमा रहेका केही व्यक्ति पक्राउ परेका छन् ।
इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने क्रममा विरोध प्रदर्शन गर्ने तयारीमा रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै उनीहरूको साथबाट प्रदर्शनका लागि तयारी अवस्थामा राखिएका २ सय ४८ थान कालो टिसर्ट र ब्यानर बरामद गरिएको प्रहरीले जनाएको छ।
व्यवस्थाविरुद्ध नै नाराबाजी गर्ने तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको यकिन संख्या खुलाइएको छैन ।