लमजुङ, १८ चैत– त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. बमबहादुर अधिकारीले एकैपटक पाँटवटा किताव लेखेर संयुक्त रुपमा विमोचन गरेका छन् ।
अधिकारीले एकैपटक ‘आधुनिक चीन र जापानको इतिहास’, ‘आधुनिक युरोपको इतिहास’, ‘आधुनिक नेपालको इतिहास’, ‘बाइसी तथा चौविसी राज्यको संक्षिप्त इतिहास’ र ‘लमजुङको पर्यटन इतिहास’ नामक पाँच पुस्तक लेखेर शुक्रबार विमोचन गरेका हुन् ।
अधिकारीले लेखेका पाँचवटै पुस्तकहरु शुक्रबार एक कार्यक्रमका बीच लमजुङको बँेसीसहरमा एकैसाथ विमोचन गरिएको छ ।