
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरेन्द्रनगर–६ गोदान लाइनबाट ढकेन्द्र विक र वीरेन्द्रनगर–४ खोर्केलाइनबाट मिनबहादुर रसाइलीलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक भरत शाहका अनुसार विकको साथबाट १ सय ८० मिलिग्राम ब्राउन सुगर र रसायलीको साथबाट ५ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको उनले बताए ।