२१ असार २०८३, आइतबार

ओलीले भने– एमालेलाई मैले भोट माग्नु पर्दैन !

कात्तिक २०, २०७४
ओलीले भने– एमालेलाई मैले भोट माग्नु पर्दैन !
पोखरा १८ चैत– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले जनताको समर्थन पाउने बताएका छन् । उनले जनताले एमालेका एजेण्डा अनुमोदन गरिसकेको दावीगर्दै आफूले भोट माग्नै नपर्ने बताए ।
कास्कीको पोखरामा शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाउ’ कार्यक्रमले देशकै मुहार फेरेको दाबी गरेका हुन् । ‘एमालेलाई मैले भोट माग्नु पर्छ र ?’ प्रश्न गर्दै ओलीले भने,‘ जनताले आफै भोट दिन्छन् ।’

देश व्यापीरुपमा एमालेको जनलरहर भएको दाबी गर्दे ओलीले भने,‘अरु पार्टीको साइन बोर्ड हटाउन त भन्दिन, देशभर एमाले प्रवेशको लहर छ ।’ ओलीले अब गाउँ र नगर छुट्टाउन नसक्नेगरी एमालेले विकासको खाका ल्याउने दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्