
काठमाडौं, १८ चैत - स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्ने आकांक्षा सहित कांग्रेसले निर्वाचन केन्द्रित तीन निर्णय गरेको छ । केन्द्रीय निर्वाचन परिचालक समतिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले यी तीन निर्णयहरू गरेको हो ।
कांग्रेसले पार्टी केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै वडा तह सम्म एउटै अठोट र एउटै अभियानमा पार्टीलाई थप संगठित र परिचालित गर्दै स्थानीय निर्वाचनमा पहिलो दल बनाउनको लागि सबै केन्द्रीत र क्रियाशिल हुने निर्णय गरेको छ ।
त्यस्तै कांग्रेसले सबै तहमा स्थानीय निर्वाचन परिचालन समति बनाउँदै आवश्यक अरु समिति समेत निर्माण गर्दै चुनावको प्रचार प्रसारमा जुट्ने निर्णय गरेको छ ।
साथै कांग्रेसले सात वटै प्रदेशमा व्यापक जन सहभागिताको साथमा केन्द्रीय नेताहरुको उपस्थिति समेत रहने गरि आमसभा गर्ने निर्णय गरेको गरेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।