२६ असार २०८३, शुक्रबार

ओली–देउवा सहमतिपछि हट्यो अबरोध, संसद सुचारू

ओली–देउवा सहमतिपछि हट्यो अबरोध, संसद सुचारू
फाइल तश्वीर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध भएको प्रतिनिधि सभा बैठक सोमवारदेखि सुचारु भएको छ । 

जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको मागगर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै कांग्रेस सचेतक पुष्पा भुसालले जिल्ला सभापति कोइराला माथि भएको आक्रमणबारे किटानी जाहेर भएपछि सदन सुचारु गर्न सहमत भएको बताइन् । उनले दोषीमाथि कारवाहीका लागि रुलिङ गर्न सरकारसँग माग गरिन् । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबीच आइतवार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति पछि संसद अबरोध हटाउन कांग्रेस राजी भएको हो ।

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने, नागरिकता विधेयकमा सहमति गर्ने तथा प्रतिपक्षी दलसँग परामर्श गरेर मात्र विधेयक ल्याउने आइतवारको छलफलमा ओलीले प्रतिबद्धता जनाएका भेटमा सहभागि कांग्रेसका एक नेताले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्