१९ असार २०८३, शुक्रबार
बल्झियो संसद गतिरोध

संसदमा लाग्यो ‘संसदीय निष्पक्षता’को नारा, प्रतिपक्षको अवरोधपछि बुधवारसम्म बैठक स्थगित

संसदमा लाग्यो ‘संसदीय निष्पक्षता’को नारा, प्रतिपक्षको अवरोधपछि बुधवारसम्म बैठक स्थगित
फाइल तश्वीर

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षको विरोधका कारण आइतवार पनि प्रतिनिधि सभाको दुइवटा बैठक स्थगित भएका थिए ।

बाँकेमा पार्टी सभापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा आइतवार संसदका दुइवटा बैठक अवरुद्ध गरेको कांग्रेस सोमवार सदन सुचारू गर्न राजी भएको थियो । 

बैठकको शुरूमै कांग्रेस सचेतक पुष्पा भुसाल बोलेर बाँके घटना सम्बन्धमा प्रहरीले किटानी जाहेरी दर्ता गरेको र निश्पक्ष अनुसन्धानका लागि आग्रह गरिन् । उनले घटनामा संलग्नमाथि कारवाहीका लागि सभामुखसँग रुलिङ माग गरिन् । 

कांग्रेस सचेतक भुसाल बोलेर बसेपछि सभामुख कृष्णबहादुर महराले नेकपाका नन्दलाल रोका क्षेत्रीलाइ बोल्न समय दिए । बाँकेका सांसद रहेका रोकाले कांग्रेसले आरोप लगाएजस्तो घटना बाँकेमा नभएको दावी गरे । उनले कांग्रेसले आरोप लगाउँदैमा कसैमाथि कारवाही गर्न नपाइने बताए । 

‘वडाअध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न तयार छौं । समिति गठन गरेर छानविन गर्नुपर्छ ’ क्षेत्रीले भने । 

रोका बोल्दाबोल्दै कांग्रेस सांसदहरुले उठेर टेवल ठटाएका थिए । त्यसपछि विच्किएका प्रतिपक्षी सांसद उठेर नारावाजी गर्दै वेलमा नारावाजी गरे । उनीहरुले वेलमा आधा घण्टा नारावाजी गरेका थिए । उनीहरुले संसदमा संसदीय ‘निश्पक्षता कायम गर, राज्य आतंक बन्द गर’ लगायतका नारावाजी गरेका थिए । 

जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको मागगर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबीच आइतवार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति पछि संसद अबरोध हटाउन कांग्रेस राजी भएको थियो ।

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने, नागरिकता विधेयकमा सहमति गर्ने तथा प्रतिपक्षी दलसँग परामर्श गरेर मात्र विधेयक ल्याउने आइतवारको छलफलमा ओलीले प्रतिबद्धता जनाएका भेटमा सहभागि कांग्रेसका एक नेताले जानकारी दिए ।

बैठक सुचारु गर्न सभामुखको पटक पटकको आग्रह वेवास्था गर्दै नारावाजी गरेपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक असोज १ गते बुधवार बिहान १ बजे सम्मको लागि स्थगित गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्