२० असार २०८३, शनिबार

एनसेलको 'मेरो प्लान' योजना, प्रिपेडका ग्राहकलाई सुविधै सुविधा

एनसेलको 'मेरो प्लान' योजना, प्रिपेडका ग्राहकलाई सुविधै सुविधा

काठमाडौं– एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘मेरो प्लान’ नयाँ योजना सार्वजनिक गरेको छ । आज (बुधवार) यस योजनामार्फ ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस योजना अन्तर्गत प्लान १ सय ९९, प्लान २ सय ९९, प्लान ४ सय ९९, प्लान ७ सय ९९ र प्लान ९ सय ९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । 

ग्राहकले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवा लिन सकिने कम्पनीले जनाएको छ । 

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५  प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् । 

यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् ।  ग्राहकले रु ६३७.१७ मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ मा खरिद गर्न सक्नेछन् ।

त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७ मा थप ७ जिबी डेटा भोल्युम लिन सक्ने कम्पनीले जनाएको छ । 

मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लाथि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिनेछ । 

उतm प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र रु ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउन सक्नेछन् । 

त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ । 

ग्राहकले एस्ट्रिक्स३०२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्नुपर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्