
काठमाडौं– अवरुद्ध एनआईसी एशिया बैंकको पोइन्ट अफ सेल्स (पीओएस) सेवा पुनः सूचारू भएको छ । बैंकले आज –बुधवार)बाटै अन्य बैंक तथा वित्तीय संस्थाका (पीओएस)बाट कारोबार सूचारू भएको जानकारी दिएको छ ।
गत भाद्र १८ गतेदेखि यस बैंकमन डेविट तथन क्रेडिट कार्डहरु अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस मेशिनहरुमा नचल्ने भएको थियो । त्यसपछि बैंकका डेबिट तथा क्रेडिट कार्डहरु आफ्नै बैंकका एटीएम तथा पिओएस मेसीनहरुमा मात्र चल्ने गरेको थियो ।
बैंकको हालसम्म मुलुकभर २ सय ९८ शाखा कार्यलयहरु सञ्चालनमा रहेका छन् भने ३ सय ५७ वटा एटीएम, ६९ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आइरहेको छ ।