
काठमाडौं – घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षक (सई) लाई कार्यकक्षबाटै पक्राउ गरेको छ ।
बुधवार अख्तियारको टोलीले महानगरीय प्रहरी वृत्त बौद्ध मातहत रहेको प्रहरी प्रभाग थलीका प्रमुख विपिनमचन्द्र पन्तलाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
थलीका स्थानीय व्यवसायीलाई विनाकारण पटक–पटक दुःख दिने गरेको र रकम माग गर्ने गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका थिए ।
पक्राउ परेका पन्तलाई अख्तियारको टोलीले हिरासतमा राख्ने तयारी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले जनाएको छ ।