
काठमाडौं– संघीय संसद्को चौंथो अधिवेशन सकिएको छ ।
राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले मध्यराति १२ बजेट बजेबाट संसद्को चौंथो अधिवेशन अन्त्य हुने घोषणा गरे ।
वैशाख १६ गते शुरू भएको संसद्को बजेट अधिवेशन ११४ दिन चालू रह्यो । यसबीचमा ६० दिन ६५ वटा बैठक बसेको सभामुख महराले जानकारी गराए ।
दुईपटक संसदका दुवै सदनको संयुक्त बैठक समेत बसेको थियो ।