बैतडी, १९ चैत - दार्चुला जिल्लाको गोकुलेश्वरस्थित गाँजरी भन्ने स्थानमा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।
घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
गोकुलेश्वरबाट बलाँचका लागि छुटेको महाकाली यातायातको म १ ज १२८ नंको जिप आज अपराह्न दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको गाँजरीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।
जिप चालक तेजसिंह धामी फरार रहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।