२० असार २०८३, शनिबार

पोर्टो रिकोमा शक्तिशाली भूकम्प

पोर्टो रिकोमा  शक्तिशाली भूकम्प

सान जुआन–क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । 

अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो ।

जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए । पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ ।

पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताए। सुनामीको सम्भावना पनि नरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्