
काठमाडौं – इन्डोनेसियाको अस्थिर वेस्ट पापुआ क्षेत्रमा हिंसाको नयाँ लहर आएको छ । सयौं विरोधकर्ताहरूले सोमवार एक शहरका कैयौं भवनहरूमा आगजनी गरेका छन् ।
क्षेत्रीय राजधानी वामेनामा कम्तीमा २३ जना मारिएका छन् । तीमध्ये केही मानिस बलिरहेका भवनमा फसेका थिए ।
एकजना शिक्षकले जातिवादी टिप्पणी गरेपछि हिंसा भड्किएको बताइएको छ । प्रहरीले उक्त आरोप हावादारी भएको बताएको छ ।
अगस्ट महिनामा पनि हप्तौंसम्म अस्थिरता छाएको थियो ।
मारिनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ र पीडितहरूको खोजी मंगलवार पनि जारी छ ।
फरक घटनामा चारजना मारिएका छन् जसले गर्दा मृत्युसंख्या २७ पुगेको छ ।
जयपुरामा भएको घटना विद्यार्थीहरूले एक सैनिक तथा प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेपछि भएको हो ।
राष्ट्रवादी समूहहरूले पापुआली विद्यार्थीहरूलाई बाँदर, सुँगुर र कुकुर भन्दै भड्काएपछि हिंसा मच्चिएको थियो ।
बीबीसीबाट