३० असार २०८३, मंगलबार

यी हुन् कृषि विकास बैंकको रकम चोरी प्रकरणमा पक्राउ परेका १२ व्यक्ति

यी हुन् कृषि विकास बैंकको रकम चोरी प्रकरणमा पक्राउ परेका १२ व्यक्ति

काठमाडौं–कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा  संलग्न रहेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दै चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा नुवाकोटका ४३ वर्षिय लवाङ तामाङ, रसुवाकी ४० वर्षिया लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षिय संजय घले लाई पक्राउ गरेको छ । 

यस्तै, रसुवाकी २० वर्षिया निर्मला तामाङ, सर्लाहीका ४२ वर्षिय पुष्पराज खड्का, लमजुङका २३ वर्षिय विद्यासागर लामिछाने, तनहुँका ३८ वर्षिय श्रवण कुमार श्रेष्ठ, भक्तपुरकी ३२ वर्षिया सुनिता श्रेष्ठ, कैलालीका २२ वर्षिय विजय साह र ४५ वर्षिय चन्द्र बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । 

यससँगै प्रहरीले एक भारतीय नागरिकलाई समेत पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, भारतको कलकता घर भएका शुबन्कर पन्जालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट ४० लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्