
काठमाडौं–नेपालका नम्बर १ टेवलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ बुधबार मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् ।
बानेश्वरमा बा१ज ८८३१ नम्बरको माइक्रोले एक्कासी स्यान्टु चढेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
टेवलटेनिस खेलाडी नविता श्रेष्ठका अनुसार स्यान्टुको दायाँ खुट्टामा चोट लागेको छ । उनको खुट्टाको हड्डी भाँचिनुका साथै सोल्जर लिगामेन्ट पनि च्यातिएको छ ।
उनको अहिले अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भैरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।