२५ असार २०८३, बिहीबार

साँच्चै बिग्रिएको हो पारस र सन्दीपको सम्बन्ध ? आक्रोशित हुँदै सन्दीपले खोले मुख

साँच्चै बिग्रिएको हो पारस र सन्दीपको सम्बन्ध ? आक्रोशित हुँदै सन्दीपले खोले मुख

काठमाडौं – पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्कासँग बलर सन्दीप लामिछानेको सम्बन्ध बिग्रिएको चर्चा छ ।

सन्दीपले पारसलाई ट्विटरमा अनफलो गरेको गरेको भन्दै नेपाली क्रिकेट फ्यानहरूले सन्दीपको चर्को आलोचना गरिरहेका छन् ।

नेपाली टोली क्रिकेट सिरिज खेल्न अहिले सिंगापुर पुगेको छ । यस विषयमा कप्तान पारसले कुनै प्रतिक्रिया दिएका छैनन् ।

सन्दीपले भने एक ट्वीटमा रिप्लाई गर्ने क्रममा यसविषयमा आफ्नो प्रतिक्रिया दिएका छन्, तर उनको प्रतिक्रियामा सिधै पारसको नाम भने उल्लेख छैन ।

एक ट्वीटलाई रिप्लाइ गर्ने क्रममा मिलन सापकोटा नामको ट्विटर ह्याण्डिलबाट लेखिएको थियो– 'त्यही त, सधैं विवादमा आउँछ सन्दीप । पैसाले मातेको चाहिँ रैछ । मैले सुनेको, सीपीएलबाट बोलायो भनेर रिसाको रे !'

सापकोटाको उक्त रिट्वीटमा सन्दीपले जवाफ फर्काएका छन् ।

उनले लेखेका छन्- 'सुन्ने कुरा धेरै हुन्छ हजुर, कसको सुन्नुहुन्छ तपाईंले ? म नि हेरूम् न कसले भनेको रैछ कि सीपीएलबाट बोलाउँदा म रिसाएँ । सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ । कति सजिलै तपाईंले मलाई मूल्यांकन गर्नुभयो है ? मन सफा हुनुपर्छ हजुर, पैसा त आउने जाने कुरा हो ।'

नेपाली क्रिकेटका लागि निकै ठूलो योगदान गरेका कप्तान पारसलाई अपमान गरेको ठानेर फ्यानहरू सन्दीपसँग रिसाएका हुन् ।

सन्दीपले ट्वीटरमा जम्मा १८ जनालाई फलो गरेका छन्, जसमा पारसको नाम छैन । फलो लिस्टमा पहिले पारसको नाम भएपनि अहिले अनफलो गरेको फ्यानहरूको आरोप छ ।

 

salt training

कमेन्ट गर्नुहोस्