
काठमाडौं – बार्सिलोनाले एट्लेटिको मड्रिडका फर्वार्ड एन्टोइन ग्रीजम्यानलाई किन्दा नियम पालन नगरेको भन्दै स्पेनी फूटबल महासंघले ३०० यूरोको जरिवाना तिराएको छ ।
ग्रीजम्यानको रिलीज क्लज २०० मिलियन यूरो हुँदा बार्सिलोनाले उनलाई किन्ने सहमति गरेको एट्लेटिकोको दाबी छ ।
ग्रीजम्यानका लागि अन्ततोगत्वा बार्सिलोनाले १२० मिलियन यूरो खर्च गर्यो । बाईआउट क्लज घटाएर बार्सिलोनाले ग्रीजम्यानलाई किनेको एट्लेटिकोको आरोप छ ।
बार्सिलोनाले नियम भंग गरेको ठहर गर्दै महासंघले क्लबमाथि ३०० यूरोको जरिवाना लगाएको हो ।
गोल डट्कमबाट