३० असार २०८३, मंगलबार

पूर्व प्रधानमन्त्री नेपालसँग अमेरिकी राजदूतको भेटवार्ता

पूर्व प्रधानमन्त्री नेपालसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्यू बेरीले भेटवार्ता गरेकी छन् ।

पूर्व प्रधानमन्त्री तथा पार्टीका एवं विदेश विभाग प्रमुख नेपालको निजी निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिका सम्बन्धको इतिहास स्मरण गरिनुका साथै पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

उनीहरूबीच नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा २ देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

बिहीवारको भेटवार्ताले २ देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने नेता नेपालको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्