काठमाडौं– बलिउड अभिनेत्री कृष्णा श्रौफ अहिले चलचित्र नगरीबाट टाढीएकी छिन्।
उनी अभिनेता ज्याकी श्रौफकी छोरी हुन् भने अहिलेका जल्दाबल्दा अभिनेता टाइगर श्रौफकी बहीनी । चलचित्र क्षेत्रबाट टाढीएपछि कृष्णा यतिखेर आफ्नो प्रेमी इबान ह्याम्स सँग दुवै भ्रमणमा छिन् ।
बिदा मनाउन गएकी उनी त्यहाँ प्रेमीसँग निकै खुलेकी छिन् । उनले आफ्ना केही तस्वीरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । उक्त तस्वीरहरू समुद्री किनारामा खिचिएको छ । उनले तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘डाम्न । ब्लेज्ड वीथ द वेस्ट’ ।
उनको यो पोष्ट अहिले निकै भाइरल भैरहेको छ । उनका फ्यानले उनीहरूको यो तस्वीरलाई निकै रूचाएका छन् ।
कृष्णाका प्रेमी इबान बास्केटबल खेलाडी हुन् । एजेन्सी