२२ असार २०८३, सोमबार

डोटीमा पेट्रोल पम्पमा आगलागी, आगो नियन्त्रण बाहिर

कात्तिक २०, २०७४
डोटीमा पेट्रोल पम्पमा आगलागी, आगो नियन्त्रण बाहिर
काठमाडौं, २० चैत -  डोटीको पिपल्ला बजारमा रहेको जेबि आयल स्टोरमा आगलागी भएको छ । आयल स्टोरमा लागेको आगोले समात्दा सँगै रहेका दुई वटा घर जलेका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । डोटी प्रहरीका अनुसार आगलागी नियन्त्रणमा ल्याउनको लागि कोशिश भइरहेको छ ।

पेट्रोल पम्पमा रहेका ड्रम पड्किएपछि आगलागी भउको हो । आगो अन्यत्र फैलन नदिनको लागि सुरक्षाकर्मी तथा स्थनीयहरुले सुरक्षा रेखा बनाउका छन् । तर स्थानीयहरु भने आगो फैलने डरले शशंकित भएका छन् ।

आगो नियन्त्रणका लागि दमकल अभाव भएको र पानीको समेत अभाव भएकोले आगलानी नियन्त्रण गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा मात्रै दमकलबाट आगलागी नियन्त्रण गर्ने कोशिश भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्