
काठमाडौं– वातावरण संरक्षणको माग सहित विभिन्न विद्यालयका विद्यार्थीले राष्ट्रसंघ भवनअगाडि प्रदर्शन गरेका छन् ।
‘जलवायुलाई न्याय’को नारा लगाउँदै विद्यार्थीहरूले शुक्रवार ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघ भवनबाहिर प्रदर्शन गरेका हुन् ।
उनीहरूले निजगढ विमानस्थल निर्माणका लागि रूख कटान गर्न लागिएकोमा पनि विरोध जनाए ।

संयुक्त राष्ट्रसंघको वातावरणसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनको विषयमा ध्यानाकर्षण गराउन विद्यार्थीहरूले प्रर्दशन गरेका आयोजकमध्येका एक शिक्षक राजु लामाले जानकारी दिए ।
अनुहारमा विभिन्न जनावरको आकृति बनाएर विद्यार्थीहरूले ‘गो ग्रीन, सेभ द ट्री’को नारा समेत लगाएका छन् ।