२८ जेठ २०८३, बिहीबार

प्रहरीले भन्यो : नागढुंगा–नौबीसे सडकमा छैन जाम !

प्रहरीले भन्यो : नागढुंगा–नौबीसे सडकमा छैन जाम !
फाइल फोटो

काठमाडौं– राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुंगामा जाम नरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले सोमवार दिउँसो २ बजेसम्मको अवस्थाबारे जानकारी दिन सार्वजनिक गरेको बुलेटिनमा उक्त सडक खण्डमा जाम नरहेको जनाइएको छ ।

मौसम पनि सफा रहेको र सवारी साधनहरू सामान्य गतिमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट धादिङको नौबीसे हुँदै बाहिरिने गाडीको प्रेसर अहिले खासै छैन ।

अघिल्लो साता केही दिन नागढुंगा–नौबीसे सडक खण्डमा निकै ठूलो जाम थियो ।

जाम कम गर्न १० चक्काभन्दा माथिका मालबाहक सवारी साधनलाई चितवनमै रोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्