२० असार २०८३, शनिबार

दाइजोमा लिए तीन करोड, तर पनि बुहारीलाई जिउँदै जलाए

कात्तिक २०, २०७४
दाइजोमा लिए तीन करोड, तर पनि बुहारीलाई जिउँदै जलाए
दाइजो नदिएका कारण महिलालाई आगो लगाएर हत्या गरेको विभिन्न समयमा समाचारहरु आउने गरेका छन् । यस्तै एक घटना भारतको यूपीमा घटेको छ । दाइजोको माग पूरा नभएको भन्दै केटा पक्षले जिउँदै जलाएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।
केटीको घर पक्षले दाइजो नल्याएका कारण उनीमाथि अनुचित दवाव दिने गरेको माइती पक्षले दाबी गरको छ । आगो लागाइएपछि घाइते महिलाको अस्पतालमा उपचार रहेको छ ।

सन् २०१४ को मा सुरभिको विवाह सर्फाबाद निवासी नवीन यादवसँग भएको थियो । नविनको परिवारले सुरभीको परिवारसँग दाइजोमा तीन करोड रुपैयाँ र रेंज रोवर कार दिएको थियो ।

विवाह भएको केही समयसम्म उनीहरुको सम्बन्ध राम्रै थियो । तर पछि नविनको परिवारले दाइजोमाग्दै उनीहरुले तनाव दिन थाले ।

परिवारका अनुसार ६ महिना पहिला सुरभीको घरपक्षले उनीसँग ७० लाख माग गरेका थिए । छोरीको भविष्य र खुसीको लागि भन्दै उनका माइती पक्षले ७० लाख रुपैयाँ दिए ।

त्यसपछि सुरभीका घरपक्षले उनको माइती पक्षसँग फ्ल्याटको माग गरे तर त्यो दिन नसक्ने भनेसँगै उनी माथि मट्टीतेल खनाएर अगो लगाइएको छ । अवस्था गम्भीर रहेकी सुरभी अस्पतालमा उपचार गरिरहेकी छिन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्