०९ साउन २०८३, शनिबार

प्रसूति गृहमा कुरुवाघर

प्रसूति गृहमा कुरुवाघर

काठमाडौं –प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बिरामीका आफन्त बस्न कुरुवाघर सञ्चालनमा ल्याएको छ । 

अस्पतालले आफ्नो स्थापनाको ६० वर्षपछि सञ्चालनमा ल्याएको व्यवस्थित कुरुवाघरमा पुरुष बस्न सक्नेछन् । कुरुवाघरमा महिलाका लागि ३५ र पुरुषका लागि ३५ गरी ७० श्यया  छुट्याइएको  छ । 

अस्पतालका निर्देशक प्राडा जागेश्वर गौतमका अनुसार रु १० करोडको लागतमा कुरुवाघरको निर्माण सम्पन्न भएको हो । कुरुवाघरमा बिरामीका आफन्तले निःशुल्क रुपमा उपभोग गर्न पाउनेछन् । 

सरकारी अस्पतालमा व्यवस्थित कुरुवाघर हुनुपर्ने प्रावधान छ । तर अधिकांश अस्पतालमा सुविधा सम्पन्न कुरुवाघर छैनन् । 'हामी बिरामीको चापअनुसार कुरुवाघरमा श्यया थप गर्दै जानेछौँ', उनले भने। 

विसं २०१६ भदौ ६ गते ४० श्ययाबाट अस्पतालको सेवा शुरु भएको र हाल  विस्तार भई ४८९ पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने र तीमध्ये २१ जनाको शल्यक्रियाबाट हुने गर्दछ । 

अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवमा अस्पतालमा कूल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए । 

अर्काेतर्फ अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी/एमएस को अध्यापनसमेत शुरू गरेको छ । विगत दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ ।

अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवाबाट गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्