२८ जेठ २०८३, बिहीबार

लण्डनमा घृणाजन्य अपराध बढ्दो

असोज १३, २०७६
लण्डनमा घृणाजन्य अपराध बढ्दो

लण्डन- बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन् । 

सन् २०१८ भरीमा १९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०११ देखि यस्ता घटना बढ्दै गएको पाइएको छ ।  
 
“लण्डन एसेम्ब्ली पोलिस एण्ड क्राईम कमिटि” ले यस्तो विवरण सार्वजनिक गरेको हो । 

लण्डनका मेयरले यस्ता घटना नियन्त्रण गर्न काम गर्नु पर्नेमा कमिटिले जोड दिएको छ । 

सन् २०११ देखि अहिलेसम्ममा ८१ प्रतिशत भन्दा बढी यस्ता अपराध बढेको प्रतिवेदनमा उल्लेख गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्