
काठमाडौं – एकजना स्कूटर चालकले ट्रेनको लीग पार गर्दैगर्दा तीव्र गतिमा मालवाहक ट्रेन आइपुगेको छ ।
तर स्कूटर चालकलाई केही पनि भएन ।
घटना चीनको मानशान शहरमा भएको हो । स्कूटर चालकलाई एक स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
घटनाको फूटेजमा हेल्मेट लगाएका स्कूटर चालक मालवाहक ट्रेन गर्जिंदै आएको थाहा नपाई स्कूटर चलाइरहेको देखिन्छ ।
उनले शुक्रवार बिहान ७ः३३ मा नानजिङ–वुहु रेलवे सेक्सनमा ट्य्राक पार गर्न खोजेका थिए ।
उनलाई ट्रेनले हिर्काएको र उनी आफ्नो क्षतिग्रस्त वाहनका साथ हुत्तिएको देखिन्छ ।
स्कूटर चालकलाई पछि गएर ट्रेनका कर्मचारीले फेला पारेर स्थानीय अस्पताल पुर्याए ।
उनलाई कति चोटपटक लागेको हो भन्ने थाहा हुन सकेको छैन ।
घटनाका कारण ट्रेनमा कुनै क्षति नपुगेको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी