२६ असार २०८३, शुक्रबार

बुढीगण्डकी तत्काल अघि बढाउनुपर्ने माग

बुढीगण्डकी तत्काल अघि बढाउनुपर्ने माग

काठमाडौं– गाराष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अगाडि बढाउनुपर्नेमा गोरखाका राजनीतिक नेतृत्वले जोड दिएका छन् । 
गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले उक्त माग गरेका हुन् ।

बुढिगण्डकी जल विदुत आयोजनाले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने भएकाले सो परियोजना निर्माणमा कुनै पनि विलम्ब गर्न नहुनेमा जोड दिए । 

कार्यक्रममा समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना सम्पन्न गर्न स्थानीयको सहयोग र सद्भाव रहँदा पनि निर्माणले गति लिन नसक्नु दु ः खद् भएको बताए । ‘आयोजनालाई अगाडि बढाउन स्थानीयको अत्यन्त ठूलो सहयोग रहेको छ । स्थानीयले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ’ उनले भने, ‘दुर्भाग्यवश यति हुँदा पनि निर्माणले गति लिन सकेको छैन ।’

सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरिराज अधिकारीले बूढीगण्डकी आयोजना निर्माणमा अलमल हुँदा समग्र जिल्लाको विकास नै पछि परेको बताए । ‘यति ठूलो आयोजना अलपत्र छ’ उनले भने, ‘बूढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो, ।’

त्यस्तै सांसद चूडामणि खड्काले जिल्लाको विकास निर्माणमा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताए । 

नेकपा नेता लेखनाथ न्यौपाने, पत्रकार खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याललगायतले गोरखाली पत्रकारले जिल्लाको विकास निर्माणका साथै विभिन्न मुद्दामा कलम चलाउनुपर्नेमा जोड दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्