
कास्की । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी १० हजार घुससहित पक्राउ परेका छन् ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेकाे उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुसबापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं ९ स्थित बुद्ध चोक नजिकैबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।