१९ असार २०८३, शुक्रबार

स्थानीय तहको निर्वाचनका लागि करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम

कात्तिक २०, २०७४
स्थानीय तहको निर्वाचनका लागि करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम
काठमाडौँ, २० चैत - निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।

आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् । आयोगकाअनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य आजैदेखि सुरु हुनेछ ।

आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेवसाइटमा राख्ने जनाएको छ । मतदाताको नामावली आगामी वैशाख १० गते भित्रै सबै जिल्लामा पु¥याइसक्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्