२२ असार २०८३, सोमबार

पोखरामा बस दुर्घटना, ३० जना घाइते

पोखरामा बस दुर्घटना, ३० जना घाइते
सन्दर्भ तस्वीर

पोखरा- पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा शुक्रवार बस दुर्घटना भएको छ ।

बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्