३१ असार २०८३, बुधबार

महरा-रोशनी घटना अनुगमन गर्न बन्यो उच्च स्तरीय टोली

महरा-रोशनी घटना अनुगमन गर्न बन्यो उच्च स्तरीय टोली
फाइल फोटो

काठमाडौं – तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच चर्चामा रहेको यौन दुर्व्यवहारको घटनामा भइरहेको छानबिनबारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा आज तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्