![झुण्डिएर यात्रा : काठमाडौंमा सवारीसाधन घटे तर यात्रु घटेनन् ! [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Untitled-4_OJHdQcvq61.jpg)
काठमाडौं – राजधानी काठमाडौंमा सवारीसाधनको चाप घट्दै गएको छ । धेरै सवारीसाधन काठमाडौंबाट बाहिरिएका छन् ।
दशैं मनाउन काठमाडौं छोड्नेको संख्या बढेसँगै काठमाडौं उपत्यकामा सवारी चाप घटेको हो । काठमाडौंका सडकमा सवारीसाधन कम देखिन थालेका छन् ।
तर सार्वजनिक सवारीसाधनमा यात्रुको चाप भने घटेको छैन । यात्रुले सवारीसाधनमा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।


