३० असार २०८३, मंगलबार

संस्कृति सिकाउन विद्यालयमै टीका

असोज १९, २०७६
संस्कृति सिकाउन विद्यालयमै टीका
फाइल तस्वीर

रौतहट –बालबालिकालाई दसैं, तिहार तथा छठ पर्वबारे जानकारी गराउने उद्देश्यले यहाँको एक विद्यालयले विद्यार्थीलाई टीका लगाइदिने कार्यक्रमको आयोजना गरेको छ ।

टीका लगाएपछि अग्रजहरूले पर्वको सांस्कृतिक पक्षबारे विद्यार्थीलाई जानकारी गराए । 

चन्द्रपुर–६ को बाल निकेतन माविले शनिबार विद्यार्थीलाई टीका कार्यक्रम गरेको हो ।

दोस्रो त्रैमासिक परीक्षाको अन्तिम दिन पारेर विभिन्न सामाजिक अगुवाका हातबाट टीका लगाइएको थियो ।

छठ पर्वसम्म विद्यालय बिदा हुने हुँदा विद्यार्थीलाई चाडपर्वको महत्त्व र यसको सांस्कृतिक पक्षबारे जानकारी दिन पहिलो पटक यस्तो कार्यक्रम राखिएको विद्यालयका कार्यकारी निर्देशक दीपक रेग्मीले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्