धनी हुन दिँदैन् यस्तो बानीले, जतिसक्दो छिटो छाड्नुहोस्

परम्परालाई धान्न र समाजमा असल शासनमार्फत राम्रा कुराहरुको अनुशरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागि शास्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

पहिले पहिले शास्त्रलाई नै मूल कानून मानिन्थ्यो । यद्यपि अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौं । जसले हामीलाई धनि बन्न दिँदैन ।


Advertisement

यो आलेमा धनी बन्न नदिने नराम्रा बानी र त्यसबाट बच्ने उपायबारे उल्लेख गरिएको छ ।

बाथरुम सधैं सफा राख्नुहोस्

शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । वैज्ञानिक दृष्टिकोणबाट पनि बाथरुम फोहर राख्दा विभिन्न रोगहरुको संक्रमण हुन्छ । जसले गर्दा थुप्रै रोगव्यादी लाग्ने खतरा हुन्छ र उपचारका क्रममा थुप्रै धन नाश हुन्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राख्नुहोस् ।

थालमा खाना नछोडनुहोस्

शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्धि बढ्छ ।

विस्तरा सधैं सफा राख्नुहोस्

कहिले काँही हामीले घरको स सानो काम पनि ध्यान दिँदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउँछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ । शास्त्रकाअनुसार बिस्तारा सधैं बिहानमा नै सफा गर्नुपर्छ । रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।

घरको आसपास नथुक्नुहोस्

घरको आसपास थुक्नाले दरिद्रता आउँछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउँछिन् । त्यसैले बाटो वा घरको आसपास थुक्न हुँदैन ।

सूर्यास्त पछि झाडु नलगाउनुहोस्

शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुँदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त भइसकेपछि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।

वास्तुमा ध्यान दिनुहोस्

आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।

कमेन्ट गर्नुहोस्