काठमाडौं – यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा विलियम जी काएलिन जुनियर, सर पिटर जे र्याटक्लिफ र ग्रेग एल सेमेन्जालाई दिने घोषणा सोमवार गरिएको छ ।
शरीरका कोशिकाहरूले अक्सिजनको उपलब्धतालाई कसरी थाहा पाउँछन् र त्यस अनुकूल आफूलाई ढाल्छन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरूलाई पुरस्कार दिइएको नोबेल एसेम्ब्लीले जनाएको छ ।