असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसूते बलं हलधरे सत्यञ्च कुन्तीसूते
विज्ञानं विदूरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
प्रस्तुत हरफ हिन्दू नेपालीहरूको महान् चाड बडादशैं (विजयादशमी) को दशौं दिनबाट शुरू भई कोजाग्रत पूर्णिमाका दिनसम्म गाउँ–शहर, लेक–बेंसी, तराई–पहाड, रात–दिन हेक्का नगरी गुञ्जनमै व्यस्त हुनेछ । हरफ अर्थात् बडादशैंमा आफन्त तथा मान्यजनबाट प्राप्त हुने यस प्रकारको आशीर्वादको भावार्थ द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु होस्, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान श्रीरामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस्, पवनपुत्र हनुमानको जस्तो गतिशीलता होस्, दुर्योधनको जस्तो मान–सम्मान होस्, सूर्यपुत्र कर्णको जस्तो दानवीरता मिलोस्, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यनिष्ठा हासिल होस्, विदुरको जस्तो ज्ञान प्राप्त होस् तथा नारायण भगवानको जस्तो कीर्ति प्राप्त होस् भन्ने हुन्छ ।
आश्विन शुक्ल प्रतिपदाबाट कोजाग्रत पूर्णिमासम्मको समय चक्रमा प्रतिपदाबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पुजा गर्दै चण्डीपाठ गरी दुर्गा माताका साथै त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधनाले अन्ततः आफ्ना मान्यजनको हातबाट रातो टीका र पहैंलो जमरा सहित निधार रंगाई आशीर्वाद लिने अवसरको ढोका खोल्ने गर्दछ । यसलाई कतिपयले विजयादशमी त कतिपयले बडादशैंका नामले सम्बोधन गर्ने गर्दछन् ।
स्वभावैले रातो रंगले क्रान्ति र विजयको संकेत गर्ने मान्यता छ । महिषासुर राक्षसलाई वध (नष्ट) गरिएको, श्रीरामले रावणमाथि विजय हासिल गरेको, दुर्गा माताले दैत्यद्वय शुम्भ–निशुम्भलाई वध गर्न सफलता प्राप्त हुँदाको समयलाई आधार मानेर नै जमरा राखेको दिनबाट विशेषतः दशौं दिनमा टीका र आशीर्वाद थाप्ने गरिएको पौराणिक मान्यता पनि रहेको छ । जहाँसम्म ‘दशैं’ लाई सम्बोधन गरिने प्रसंग छ, एकथरीले अर्काको वध गरेर खुशियाली मनाएको पर्वलाई ‘विजया’ भनेर सम्बोधन गर्नुभन्दा ‘बडा दशैं’ नामले सम्बोधन गर्नु उचित ठान्दछन् भने कुरीति र कलंकित मानसिकता नष्ट गरी शान्ति र सुुसंस्कृति स्थापनार्थ सफलता हासिल गरेको कार्यसँग जोडिएको हुनाले ‘विजयादशमी’ भन्दा अनुपयुक्त नहुने अर्कोथरीको तर्क छ ।
जेसुकै भएतापनि पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो । कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यसबीचमा राम्रो लगाउने मीठोमसिनो खाने तथा आफन्त मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ दशैं ! तर सबै कुरा ठीकै र राम्रै भइरहँदा आशीर्वादको कुराले केही पृथक् व्यावहारिकतासँग सम्बन्ध राख्दछ नै किनकि मनैदेखि पस्किएका ती कोमल शब्दहरूले व्यवहारमा त्यही किसिमले सामीप्य राख्छन् नै भन्न पनि सकिन्न । तर हिन्दू धर्मावलम्बीहरूले कि त सम्पूर्ण आस्था र विश्वासमा अल्झिएका संस्कृतिलाई बहिष्कार गर्नुपर्छ नत्र आफूभन्दा अग्रजले खुला हृदयले दिएको आशीर्वादलाई कञ्चन भावका साथ स्वीकार गर्नुपर्छ । भलै शिक्षा, वाणिज्य तथा मानविकी संकायमा स्नातक तथा स्नातकोत्तर गर्दै गरेका हामी युवावर्गलाई आशीर्वाद दिने क्रममा पाँच दशक अघिल्लो पुस्ताले (बाबु/बाजे) डाक्टर, पाइलट भएस् भनिदिँदा अशिक्षाको एक हद प्रकट भएको व्यवहार नै किन नहोस् ! नेपालमा जो कोही पनि डाक्टर, पाइलट, इन्जिनीयर हुन सक्ने अवस्था छैन । यसको मुख्य कारणको रूपमा समग्र शैक्षिक प्रणाली र युवाहरूको भविष्यप्रति राज्यको उदासीनता तथा राज्यको आर्थिक अवस्था साथमा गुणस्तरीय शिक्षामा कहिल्यै सबैको पहँुच स्थापित हुनै नसक्ने गरी सिर्जित वर्गीय खाडल विराजमान छन् ।
राजनीतिक दलका पहुँचवालाहरूका लागि देशमा लोकतन्त्र आएको होला तर निमुखा जनताका लागि यसले व्यावहारिक रूपमा तात्त्विक भिन्नता ल्याउन सकेको छैन । यति मात्र नभएर आशीर्वादहरूलाई राष्ट्र र हामी जनतासँग जोड्ने हो भने खण्ड खण्डमा केलाउन सक्ने अवस्था हामीमाझ विद्यमान छ ।
हामी विकृत आधुनिकतासँग निकै परिचित छौं तर विश्वको वास्तविक आधुनिकतासँग र विकासको गतिसँग भने टाढा छौं । अश्वत्थामाको दीर्घायुको कुरा गरिरहँदा हामीमाझ अकालमा दिनहुँ जीवन मृत्युसामु अनावरण गर्ने ठूलो संख्याको कारणहरूको रूपमा जोखिमपूर्ण वैदेशिक रोजगार यात्रा, देशभित्रै जोखिमपूर्ण सडक यातायातको अवस्था, जोखिमपूर्ण हवाईयात्रा आदिले जिस्काइरहेको छ । दशरथ राजाको श्रीसम्पति एउटा भावना भयो तर हाम्रो मुलुकमा बिहान बेलुका हातमुख जोर्ने र आधारभूत आवश्यकता पूरा गर्न अक्षमहरूले के दशैंमा आशीर्वाद नलिने ? श्रीरामको जस्तो शत्रुनाश होस् भनिरहँदा दलीय, धार्मिक, वर्गीय, जातीय र क्षेत्रीय रूपमा हामी विभाजित हँुदा अवस्थाप्रति अग्रसर छौं । नहुष राजाको ऐश्वर्य र हनुमानको गतिशीलता, दुर्योधनको मान, कर्णकोे दानवीरता, बलरामको बलको कुरा गरिरहँदा युधिष्ठिरको जस्तो सत्यता त निकै बिरानो हुन आउँछ । विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति आफैंमा समयसँग संघर्षशील रहन्छ । आशीर्वाद गलत भयो भन्न खोजिएको होइन ! तर कम्तीमा यस प्रकारका भावना निश्चित चाडपर्वमा मात्र नआएर सदैव गतिशील भने रहनुपर्छ । दैवी कालका विभिन्न देवताको गुणसँग तुलना गरेर त कुनै अर्थ रहने छैन तथापि इमान्दारिता, सत्यता, दानवीरता, गतिशीलता, ज्ञान, आदिको संयोजनले सम्पूर्ण कुराहरूलाई एकीकृत गरी नौलो किसिमको आयाम भने पक्कै सिर्जना गर्दछ ।
एउटा व्यक्ति परिवारभन्दा अलग रहन सक्दैन, परिवार समाजभित्र रहन्छ र समाज राष्ट्रको एक अंगको रूपमा चरितार्थ प्रकट भइरहेको हुन्छ । अन्ततः राष्ट्रका जनताको भविष्य र सम्भावना राज्य सञ्चालनको व्यवस्थासँग जोडिन्छ । तर आज दुर्योधनको दीर्घायुसँग आशीर्वाद साटिरहँदा अकालमा मृृत्यु अनावरण गर्नेहरूको संख्या दैनिक दाहोरो संख्यामा बढिरहेको छ । कारणका रूपमा जुनै हिसाबले पनि राज्य र यसका अंगहरू जोेडिएका छन् । चाहे ती नीतिनिर्माणका सिलसिलामा भएका कमजोरी हुन् वा कार्यान्वयनका पक्षहरूमा भएका लापरवाही नै किन नहुन् ? आआफ्नो धर्म र परम्परालाई अन्य कुरा मान्ने हो भने के राज्यसत्ता सञ्चालनका मतियारहरूमध्ये कोही पनि हिन्दू थिएनन् त ? के उनीहरूले युधिष्ठिर जस्तो सत्यवादिता र विदुर जस्तो ज्ञानी हुनु भन्ने आशीर्वाद आर्जन गरेका थिएनन् त ? नत्र नेपाल किन विश्वको आधुनिकतासँग पराजित भइरहेको छ ? यसर्थ आशीर्वादको रूपमा खास समयमा प्राप्त गरिने यस प्रकारका मेहनती कर्णप्रिय शब्दप्रवाहहरू अब सधैं आशीर्वादमा मात्र सीमित नहून् । व्यावहारिकतासँग कम्तीमा जोडिनसम्म सफल रहून । राष्ट्रमा सुख, शान्ति र समृद्धिको ढोका खुलोस् ! बडादशैंको सबैलाई शुभकामना !
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...