
काठमाडौं – अफगानिस्तानको दक्षिणपूर्वमा रहेको गजनी विश्वविद्यालयमा मंगलवार भएको विस्फोटमा कम्तीमा १९ जना विद्यार्थी घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये दुईको स्थिति गम्भीर छ ।
विश्वविद्यालयको एक कक्षामा विस्फोट भएको गजनी प्रान्तका गभर्नरका प्रवक्ता आरिफ नूरीले बताए ।
विस्फोटमा १२ महिला विद्यार्थी पनि घाइते भएको उनको भनाइ छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छै्रन ।
उक्त प्रान्तमा तालिबान आतंकवादी समूह सक्रिय छ र उसले सुरक्षा फौजविरुद्ध आक्रमण गरिरहेको हुन्छ ।
अघिल्लो महिना त्यही विश्वविद्यालयको बसमा बम विस्फोट गराइँदा चालकको मृत्यु भएको थियो ।
त्यस विस्फोटमा परी पाँच विद्यार्थी घाइते भएको नूरीले जानकारी दिए ।
अलजजीराबाट