०२ असार २०८३, मंगलबार

बेलायतका आणविक भट्टीहरू आतंकवादीको निशानामा

कात्तिक २०, २०७४
बेलायतका आणविक भट्टीहरू आतंकवादीको निशानामा

काठमाडौं, २१ चैत — बेलायतमा रहेका आणविक भट्टी तथा विमानस्थलहरूको सुरक्षाका सम्बन्धमा चेतावनी जारी भएको छ । यी संवेदनशील क्षेत्रहरू आतंकवादीको निशानामा रहेको बताइएको छ ।


जासूसी सूचनाका अनुसार आतंकवादीहरूले आणविक पावर स्टेसन तथा विमानस्थलको सिस्टम ह्याक गर्ने सम्भावना छ । पछिल्लो २४ घन्टामा धेरैचोटि अलर्ट जारी गरिएको छ ।

बेलायतले अहिलेसम्म साइबर सुरक्षाका लागि १८ हजार करोड रूपैयाँ खर्च गरिसकेको छ ।

द सन्डे टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार, ‘आतंकवादी समूहका ह्याकरहरूले आणविक पावर स्टेसनको सुरक्षा फायरवाललाई छेड्न खोज्दैछन् ।’

रिपोर्टमा लेखिएको छ, ‘बेलायतका १५ अपरेसन रिएक्टरहरूमा आतंकवादी, विदेशी जासूस र ह्याकरहरूको आक्रमणको खतरा छ । यी रियाक्टरहरूले देशको विद्युत् प्रवाहको पाँचौं हिस्सा ओगटेका छन् ।’

रक्षासम्बन्धी थिंक ट्यांकमा आबद्ध प्राध्यापक माल्कम काल्मर्स भन्छन्, ‘धेरैतिरबाट खतरा छन् । सरकारी र गैरसरकारी स्रोतबाट उत्तिकै खतरा छ । निजी क्षेत्रसँग मिलेर यसलाई तत्काल सुल्झाउनुपर्छ । एयरपोर्टहरू विशेष खतरामा छन् र यी निजी कम्पनीको हातमा छन् ।’

salt training

कमेन्ट गर्नुहोस्