
काठमाडौं–चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको तयारीमा सरकार पूर्णरूपमा लागिरहेको छ ।
चिनियाँ राष्ट्रपति विमानस्थलमा ओर्लिएदेखि उनी बस्ने होटल र घुम्ने ठाउँमा पर्ने सबै बाटोहरू सरकारले तीव्रताका साथ पिच गरिसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मर्मत र निर्माणको क्षेत्रमा भएको कामको स्थिति हेर्न आफैं सडकमा आएका छन् ।
सडक छेउछाउमा निर्माणाधीन अवस्थामा रहेका पुल र अन्य संरचनाको छेउमा विभिन्न ब्यानर र फोटो राखेर सजाउने काम गरिएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा स्वागतमा कुनै कमी नराख्ने सरकारको तयारी छ ।