काठमाडौँ -सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको टिप्पणी गरेका छन् ।
श्रेष्ठले शीको नेपाल भ्रमण कोशेढुंगा रहेको र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गरेको बताएका हुन् ।
सोमवार एक ट्वीट गर्दै श्रेष्ठले शीको नेपाल भ्रमणमा नेपालले परिपक्वता देखाएको बताए । 'यसपटक हाम्रो पनि परिपक्वता देखियो,' श्रेष्ठले भने, 'सिंगो देश एकढिक्का भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो । प्रम र सबैलाई बधाई ।'
श्रेष्ठले चिनियाँ राष्ट्रपति शी र चीन सरकारलाई आभार व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक,भव्य र सफल रह्यो। यो साँच्चै कोसेढुङ्गा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ।महामहिम सी र चीन सरकार प्रति आभार।यसपटक हाम्रो पनि परिपक्वता देखियो।सिङो देश एकढिक्को भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो। प्रम र सबैलाई बधाई।
— NKShresthaPrakash (@nksthaprakash) October 14, 2019