२७ जेठ २०८३, बुधबार

सिरिया सरकारले कुर्दहरूसँग गर्‍यो सम्झौता, टर्कीसँगको सीमा नजिक सैनिक तैनाथ

सिरिया सरकारले कुर्दहरूसँग गर्‍यो सम्झौता, टर्कीसँगको सीमा नजिक सैनिक तैनाथ

काठमाडौं – कुर्दहरूसँग एक सम्झौता गरेर सिरियाका सरकारी सैनिकहरू टर्कीको सीमानजिक तैनाथ गरिएका छन् । टर्कीले गरेको आक्रमणबाट कुर्दहरूको प्रतिरक्षा गर्न सिरियाली सैनिकहरू खटिएका हुन् । 

सैनिकहरूले सोमवार तल ताम्रमा सिरियाको राष्ट्रिय झण्डा फर्फराएको तस्वीरहरू सार्वजनिक भएका छन् । त्यो ठाउँ सारी कानी शहर जाने सडकबाट २० माइल मात्र पर छ । उक्त शहरमा गत सप्ताहान्तमा भारी लडाईं भएको थियो । 

कुर्दहरूको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेसले सिरियाका राष्ट्रपति बशर अल असदसँग एक सम्झौता गरेर सीमावर्ती शहरहरू मनबिज र कोबानेमाथिको नियन्त्रण सुम्पेका छन् । त्यसको बदलामा उनीहरू टर्कीको आक्रमणबाट प्रतिरक्षा मागेका छन् । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरी सिरियाबाट अमेरिकी फौन हटाउने सहमति जनाएपछि टर्कीले उक्त क्षेत्रमा आक्रमण थालेको छ । 

कुर्द र सिरियाली सरकारबीचको सम्झौताले रुस र इरानलाई टर्कीविरुद्ध उभ्याएको छ जबकि यी तीनैले आफूलाई उक्त क्षेत्रमा साझेदारका रूपमा प्रस्तुत गरिरहेका थिए । 

रुसले असद र कुर्दिश लडाकूहरूबीचको सम्झौता गराएको बताइन्छ । 

अमेरिकाले सिरियामा रहेका आफ्ना अन्तिम हजार सैनिकहरूलाई यथाशीघ्र र सुरक्षित रूपमा फिर्ता बोलाउन आदेश दिएको छ । टर्कीले आक्रमण गरिरहँदा अमेरिकी सैनिकलाई भूलवश टर्कीको हवाई आक्रमणको सामना गर्नुपर्ने स्थिति आउन सक्छ भनी हतार गरिएको हो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्